काज मिलाएर हिँडे कर्मचारी दशैँ मनाउन

असल शासन प्रतिनिधि

काठमाडौं/ दशैं मनाउन घर फर्कदा कर्मचारीहरुले घरपायक काज मिलाएएर जाने गरेको भेटिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेमो अनुगमनको क्रममा यस्तो भेटिएको हो ।
दशैंमा घर जाँदा कर्मचारीहरुले काज लिएर एकातिर गाडीका् सुविधा र अर्कोतिर भ्रमण भत्ता पाइने भएकाले काज लिएर हिडेको भेटिएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले बुधबार गरेको अनुगमनमा काठमाडौंका विभिन्न सरकारी कार्यालयका ३२८ कर्मचारीले काज विदा स्वीकृत गराएर हिँडेको भेटिएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले निकालेको प्रेस बिज्ञप्तीमा सबैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अन्तर्गतका कर्मचारीहरु काज लिएर हिडेको उल्लेख छ । सतर्कता केन्द्रले सरकारका ३१ वटा मन्त्रालय, आयोग विभागदेखि प्राधिकरण र सार्वजनिक संस्थानमा अनुगमन गर्दा दशैंको विदा सुरु हुनुभन्दा एक हप्ता अघि र विदा सकिने दिन भन्दा एक हप्तापछि सम्मको काज स्वीकृत गराएर हिडेको पाइएको छ । जसमा अधिकांश अधिकृत तहका कर्मचारीहरु रहेका छन् ।

  • २ कार्तिक २०८०, बिहीबार प्रकाशित

  • Nabintech