तिन दिन भित्र खाल्डाखुल्डी पुर्ने प्रतिवद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालगन्जको मुख्य सडक खण्डमा अलपत्र अवस्थामा रहेको ट्राफिक लाइट जडान कार्यलाइ तीव्रता दिने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेकामा बिहिबार बसेको सरोकारवालाको बैठकले उक्त कार्यलाई तीव्रता दिइने निर्णय गरेको हो ।

ट्राफिक लाइट जडानका लागि ठेकेदारले स्ट्रिट लाइटका पोल गाड्ने तथा भूमिगत तार बिछ्याउने प्रयोजनले खनेका नेपालगन्जको सडकका खाल्डाखुल्डी पुर्ने, त्यसमाथि कालोपत्रे गर्ने र फिनिसिङ गर्ने कार्य यथासिघ्र सम्पन्न गर्नका लागि ठेकेदारलाई निर्देशन दिने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलले जानकारी दिएका छन् ।रत्न राजमार्गअन्तर्गत जमुनाहा–कोहलपुर सडक खण्डमा पर्ने नेपालगन्जको राँझा चोक, पुष्पलाल चोक, धम्बोझी चोक, बिपी चोक र गणेशमान चोक गरी पाँच स्थानमा ट्राफिक लाइट जोड्ने प्रयोजनले गत साउनको पहिलो हप्तादेखि ठेकेदारले सडक खनेर अलपत्र अवस्थामा छोडेको थियो ।

नेपालगन्जको बिपीचोक र धम्बोझी चोकको बीचमा पर्ने नालामाथिको कल्भर्ट बनाउने काम समेत यथासिघ्र सम्पन्न गर्न सम्बन्धितलाई निर्देशन दिइएको बताइएको छ ।
नेपालगन्जमा ट्राफिक लाइट जडान गर्ने कार्यका लागि सुरु गरिएको काम विगत लामो समयदेखि अलपत्र भइ, ढिलासुस्ती भएपछि चारैतिरबाट जनगुनासो आउनुका साथै बिरोध हुन थालेपछी नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अनुरोधमा प्रमुख जिलला अधिकारीले सम्बन्धित सरोकारवासँगको बैठक आयोजना गरेका थिए । सरोकारवालाको छलफलमा ठेकेदारले ३ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्ने, फिनिसिङ गर्ने प्रतिबद्धता जनाएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख, सडक डिभिजन कार्यालयका प्रमुख सम्बन्धित ठेकेदारको उपस्थिति रहेको थियो ।

  • ३ कार्तिक २०८०, शुक्रबार प्रकाशित

  • Nabintech