बाँकेको नरैनापुरमा चाडपर्व लक्षित सुरक्षा योजना लागु

असल शासन प्रतिनिधि

नेपालगन्ज। हिन्दु धर्मावलम्बीको महान् चाड दशैं, तिहार र छठपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भगवानपुरले विशेष सुरक्षा योजना सञ्चालन गरेको छ ।
चाडपर्वको समयमा कुनै पनि अप्रिय घट्नाहरु नघटुन भन्ने उद्धेश्यले सुरक्षा योजनासँगै विभिन्न टोलीमा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए । बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा कार्तिक ३ गते बसेको बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागको बिशेष सहभागितामा राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका वडा अध्यक्षहरु, उद्योगी, व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल गरी चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८० कार्यान्वयनमा ल्याएको बताईएकोछ।
नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले चाडपर्व लक्षित सुरक्षा योजनालाई सफल बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेका छन्। बैठकमा नरैनापुरका ६ वटै वडाका वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधि र सशस्त्र प्रहरीका डिएसपी जगदिश जोशी लगायतको सहभागिता रहेको थियो ।

  • ३ कार्तिक २०८०, शुक्रबार प्रकाशित

  • Nabintech