नेपालगन्ज कारागारमा खगेन्द्रको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज कारागारमा खगेन्द्रको निधन

बाँके/ नेपालगन्ज स्थित कारागारमा कैदी जीवन बिताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१०का ४४ वर्षीय खगेन्द्रबहादुर कामीको मृत्यु भएको छ ।

कारागारमा बिरामी परेका उनलाई उपचारका लागि भेरी अस्पताल पुर्‍याएको केहीबेरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • ३ कार्तिक २०८०, शुक्रबार प्रकाशित

  • Nabintech