नेपाल विधुत प्राधिकरण संघकाे शुभकामना

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपाल विधुत प्राधिकरण कर्मचारी संघ (आ.ट्रे.यु.) नेपालगन्ज इकाइ समितिले विजया दशमी दिपावली तथा छ्ठ लगायतका राष्ट्रिय पर्वहरुको अवसरमा शुक्रबार कर्मचारी परिवारबीच शुभकामना आदानप्रदान तथा चियापान गरेको छ।

इकाइका कार्यवाहक अध्यक्ष श्री महेश चौधरीज्युको अध्यक्षतामा भएको सो कार्यक्रममा कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री दुर्गाप्रसाद जैसीज्युको प्रमुख आतिथ्यता एवम् केन्द्र प्रमुख श्री जगन्नाथ लामिछानेज्युको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा कर्मचारी संघ केन्द्रीय सदस्यद्वय श्री बेदा श्रेष्ठ ,श्री विष्णु केसीज्युको विशिष्ट आतिथित्यता रहेको थियो। सो अवसरमा कर्मचारी संघका पुर्व केन्द्रीय सदस्य श्री गणेशबहादुर थापाज्यु,नेविप्रा राष्ट्रिय कर्मचारी युनियन केन्द्रीय सदस्य श्री टेक बहादुर बोहरा,साबिक मध्यपश्चिम क्षेत्रीय समितिका अध्यक्ष श्री चेतप्रकाश केसी,इकाइ अध्यक्ष गगन ददेल,कर्मचारी युनियनका केन्द्रीय सद्स्य श्री गोपी थापा,श्री अविनाश ज्ञवाली, कर्मचारी संघ लुम्बिनी प्रदेश सदस्य श्री राहिल किंगरियाज्यु, श्री अरुण बज्राचार्यज्यु,नेपाल सार्वजनिक सेवा कर्मचारी संघ बाँके अध्यक्ष श्री जानकी देवकोटाज्यु,कोहलपुर इकाइ समिति अध्यक्ष श्री सुरजलाल चौधरीज्युसहित विभिन्न नो लाइट एवम फाँट इन्चार्जज्युहरु, कर्मचारी साथीहरुको उपस्थिति रहेको थियो।
सो कार्यक्रमको सन्चालन इकाइ सचिव श्री नवीन अधिकारीज्युले गर्नुभएको थियो।

  • ४ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech