बाँकेको चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक

बाँकेका प्रजिअको अग्रसरता अनुकरणीय

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँके जिल्लाको चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सामाजिक सञ्जाल मार्फत चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भएको सुरक्षा योजनामा नागरिकहरुलाई सुरक्षाको अनुभूति दिलाउने कार्यमा नेपाल प्रहरीका १ हजार १३ जना र सशस्त्र तर्फ ४ सय ९५ जना गरि कुल १ हजार ५ सय ८ सुरक्षाकर्मी खटाईने उल्लेख गरिएको छ ।

प्रजिअ पोखरेलले सार्वजानिक गरेको योजनामा आर्थिक कारोवार हुने मुख्य ४ स्थानमा सशस्त्र प्रहरीद्वारा नियमित गस्ती गरिने, मेलापर्व हुने स्थान मानखोला, रामलिला मैदान र सिधनियाघाटको सुरक्षा ब्यवस्थामा शसस्त्र प्रहरीको गस्ती परिचालन गर्ने, नगर क्षेत्र भित्रका विभिन्न धार्मिक स्थलहरुको सशस्त्र प्रहरीबलद्वारा सघन गस्ती गरिने, अवैध बिस्फोटक पदार्थ कारोवार नियन्त्रणमा शसस्त्रका ११ टोलि परिचालन गर्ने, औद्योगिक तथा ब्यापारिक केन्द्रमा शसस्त्र प्रहरी बलद्वारा विशेष सुरक्षा निगरानी गरिने रहेका छन् ।

त्सैगरी संवेदनशिल क्षेत्र को रुपमा पहिचान गरिएको ३१ स्थानमा नेपाल प्रहरीको पिकेट खडा गरिने, राजमार्गको सुरक्षा र सम्भावित उद्वारलाई मध्यनजर गर्दै शसस्त्र प्रहरीको थप २८ वटा पिकेट स्थापना गरि सुरक्षा प्रदान गरिने, नेपाल प्रहरीको १६ वटा मोबाईल टोलीद्वारा २४ सै घन्टा गस्ती गरिने, २ जना इन्स्पेक्टरको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिने सुरक्षा योजना रहेको उललेख छ ।

सार्वजनिक भएको सुरक्षा योजनामा आकस्मिक उद्वार र मद्दतको लागि १० वटा क्विक रेस्पोन्स टिम स्ट्यान्डबाई रहने, सूचना संकलनका लागि सादा पोषाकमा समेत सुरक्षाकर्मी परिचालन गरिने, कोहलपुर र नेपालगन्जमा जगेडा जनशक्ति तैनाथ रहने तथा जमुनाहा नाका , नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष संचालन गर्ने समेत उल्लेख छ ।

  • ५ कार्तिक २०८०, आईतवार प्रकाशित

  • Nabintech