आज बाँकेमा मुर्ती बिसर्जन गरिदैं

सुरक्षा सतर्कता उच्च, सिधनियाघाटमा खटियो उद्दार टोली

असल शासन प्रतिनिधि

नेपालगन्ज/ घटस्थापनामा स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज नदीमा सेलाइँदैछ ।

बाँके जिल्ला भर स्थापना गरिएका दुर्गा मूर्ति राप्ती नदी, मानखोला लगायतका नदिमा सेलाउने गरिन्छ ।

र्याली सहित मुर्ती सेलाउने दिनमा व्यापक सुरक्षा अपनाईएको छ ।

मूर्ति सेलाउने क्रममा भक्तजनका लागि प्रसाद वितरण गर्नका लागि ठाउँ-ठाउँमा भण्डारा स्थापना गरिएको हुन्छ ।

घटस्थापनामा स्थापना गरिने दुर्गाको मूर्ति नौ दिनसम्म विशेष पुजापाठ गरी दसैँको भोलीपल्ट सेलाउने परम्परा रहेको छ ।

आज मुर्ती बिसर्जन गर्ने दिनमा सामाजिक सद्भाव कायम राख्न बाके प्रशासनले उच्च सुरक्षा रणनीति अवलम्बन गरेको छ । आजको दिन बिहान ८ बजेदेखि राती १२ बजेसम्मका लागि बाँके जिल्ला भर मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग गर्न निषेध गरिएको छ ।

बाँके प्रशासनले साँझ ५ बजे अघिनै मूर्ति विसर्जन गरि सक्न आग्रह गरेको छ । बाँके जिल्लामा ६०० दुर्गा मूर्ति स्थापना गरिएको बताईएको छ ।

विसर्जनका क्रममा हुन सक्ने दुर्घटनाको जोखिम न्युनिकरणका लागि प्रशासनले सिधनिया घाटमा उद्वार टोलि खटाएको छ भने अगैयामा गोताखोर सहितको टोलि परिचालन गरिएको छ ।

  • ८ कार्तिक २०८०, बुधबार प्रकाशित

  • Nabintech