प्रहरीद्वारा टाउकोमा गोली हानेर आत्महत्या

असल शासन प्रतिनिधि

सुनसरी/ सुनसरीमा प्रहरी जवानले टाउकोमा गोली हानेर आत्महत्या गरेका छन् ।

कोशी गाउँपालिका–४ मा गएराति प्रहरी जवान अमितेश मण्डलले आफैँलाई गोली हानेका हुन् ।

सप्तरीको रुपनी नगरपालिका–२ का प्रहरी जवान मण्डलले आफु सुत्ने गरेको कोठामा पेस्तोलले गोली हानेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

  • ८ कार्तिक २०८०, बुधबार प्रकाशित

  • Nabintech