डिएसपी तिवारीलाई चक्कु प्रहार

असल शासन प्रतिनिधि

कोहलपुर/ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीलाई चक्कु प्रहार भएको छ ।

कोहलपुर नगरपालिका–२ दीपनगरमा बालक उद्धार गर्न गएका  डिएसपी तिवारीमाथि स्थानीय कुशल थापाले चक्कु प्रहार गरेका हुन् ।

कोहलपुर नगरपालिका–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा डिएसपी घटनास्थलमा गएका थिए ।

चक्कु प्रहार पछि डिएसपी तिवारी घाइते भएको प्रहरीले जनाएको छ । थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी धम्की दिईरहेको सूचना प्राप्त गरेपछी डिएसपि तिवारीको कमाण्डमा प्रहरी खटिएको थियो ।

घटना स्त्थलमा पुगेर थापालाई बुुझाउन खोज्दा प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा डिएसपी तिवारीलाई लागेको हो ।

त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो । थापाको मानसिक सन्तुलन बिग्रेको बताईएको छ ।

  • १० कार्तिक २०८०, शुक्रबार प्रकाशित

  • Nabintech