एकै परिवारका ४ जनाको शव फेला

असल शासन प्रतिनिधि

एकै परिवारका ४ जनाको शव फेला

मुगु / मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ मा घरभित्र एउटै परिवारका चार जनाको शव फेला परेको छ । स्थानीय मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा, उनका दुई छोरा र एक छोरीको शव आज बिहान फेला परेको बताइएको छ ।
श्रीदेवीसँगै ११ र १ वर्षका छोरा क्रमशः मनोज र रहर तथा ७ वर्षकी छोरी अप्सराको हत्या भएको बताईएको छ । उनीहरुको कम्तीमा तीन दिन अघि हत्या गरेर बाहिरबाट ताल्चा लगाइएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
गत मंगलबार दशैंको टीका लगाएका र भोलिपल्ट माइतीबाट घर फर्किएको स्थानीयहरुले देखेका थिए । आज बिहान चारै जनाको शव घरभित्र फेला परेको थियो ।
मृतक श्रीदेवीका श्रीमान विदेशमा छन् । सबै शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

  • १० कार्तिक २०८०, शुक्रबार प्रकाशित

  • Nabintech