अख्तियारको हवला दिदैं हिंड्ने कोइराला प्रहरी फन्दामा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ आफुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै हिंड्ने एक व्यक्ती पक्राउ परेका छन् ।

चितवनको भरतपुर उपमहानगरपालिका वडानम्वर १२ घर भई हाल नेपालगन्ज २० बस्ने ३७ बर्षिय मोहन कोईरालालाई प्रहरीले पक्राउ गरेको हो ।

बिगत केही समय देखि बाके स्थित सरकारी कार्यालय, विभिन्न संघ-संस्थाहरुमा कोईरलाले आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भनेर सेवा, सुबिधा लिने गरेको सूचनाको आधारम अख्तियारको नेपालगन्ज कार्यालय र बाँके प्रहरीले उनको खोजी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खोजिको क्रममा नेपालगन्ज २० स्थित निजको डेरामा उनी भेटिएका थिए ।

सोधपुछको क्रममा निजले अख्तियारको हवला दिदैं ठगी कार्यमा संलग्न भएको पाईएको बताईएको छ ।

सोधपुछको क्रममा कोईराला गालीगलौचमा उत्रिए पछि निजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निजलाई अनुसन्धानका लागि जिल्ला प्रहरीको हिरासतमा राखिएको छ ।

  • ११ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech