मुगु हत्याकाण्डको प्रारम्भिक अनुसन्धान सकियो

असल शासन प्रतिनिधि

मुगु/ मुगुमा भएको सामुहिक हत्याको विषयमा नेपाल प्रहरीले थालेको प्रारम्भिक अनुसन्धान सकिएको छ।

कार्तिक ८ गते मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं. ६ मन्दु गाउँका २८ वर्षीया श्रीदेवी बोहोरा, उनकी ९ वर्षीया छोरी अप्सरा, ११ वर्षीय छोरा मनोज बोहरा, आठ महिनाका दुधे बालक रहर बोहराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थमा शव भेटिएको थियो । सो घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीले विषेशज्ञ टोलीसहितको सहभागितामा अनुसन्धान थालेको थियो ।

प्रारम्भिक अनुसन्धान पछि मृतक सबै जनाको शवको मुचुल्का उठाएर जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

हत्यामा संलग्नले पहिले मृतक श्रीदेवीलाई स्लिपिङ ट्याब्लेट खुवाएर धारिलो हतियार प्रहार गरी हत्या गरिसकेपछि छोरा , छोरीको पनि हत्या गरेको प्रारम्भिक अनुसनधानबाट पत्ता लागेको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाले बताए ।

 

  • १२ कार्तिक २०८०, आईतवार प्रकाशित

  • Nabintech