बास भैरवीमा महेन्द्र बहादुर थापा

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बास नेपाल दैलेख शाखाले भैरवी गाँउपालिकामा बास भैरवी उपशाखा गठन गरेको छ । कार्तिक ९ गते बिहिवार बसेको भेला बाट महेन्द्र बहादुर थापालाई अध्यक्षमा चयन गरिएको छ ।

बास नेपाल कर्णाली प्रदेश सचिव नारायण प्रशाद रिजाल, बास दैलेख शाखाका अध्यक्ष हिक्मत बुढा लगायतको उपस्थितिमा ९ सदस्यीय उपशाखा गठन गरिएको हो ।

बास दैलेख शाखाले यस अघि नै तोलीजैशी र दुल्लु उपशाखा गठन गरे सँगै यो तेश्रो उपशाखा गठन गरेको छ । उपशाखाको उपाध्यक्ष,सचिव,सह सचिव र कोषाध्यक्षमा क्रमश शिक्षा शाही, राजन खडायत, अस्मिता शाही र लक्ष्मी शाही चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा गजव मल्ल,सुप्रभा मल्ल,महेन्द्र बहादुर थापा र स्वतिका शाही रहेका छन् ।

उपशाखा गठन पश्चात पदाधिकारीहरुलाई बधाई दिदै शाखा अध्यक्ष हिक्मत बुढाले  अब चाँडै नै जिल्ला स्थित सबै पालिकाहरुमा उपशाखा बिस्तार गर्ने आफ्नो योजना रहेको बताए ।

  • १२ कार्तिक २०८०, आईतवार प्रकाशित

  • Nabintech