विधुत प्राधिकरण डिभिजन प्रमुख पाण्डेको सक्रियता

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख हरिप्रसाद पाण्डे मातहतका वितरण केन्द्रहरुको कार्यप्रणालीमा सुधारका लागि आफैं सक्रिय भएका छन्।
मातहतका वितरण केन्द्रमा पुगि डिभिजन प्रमुख पाण्डेले विभिन्न फाँटहरुमा गएर त्यहाकाे कार्यप्रणाली बारे बुझ्न थालेका छन् ।

त्यसैक्रममा उनी आइतबार अपराह्न नेपालगन्ज वितरण केन्द्रमा पुगी विभिन्न फाँटहरुबाट प्रवाह हुने मिटर वितरण लगायतकाे सेवाहरुको कार्यप्रणाली बुझी अावश्यक सुधारका लागि निर्देशन दिए।
वितरण केन्द्रले अपनाउदै आएको कार्य प्रकृया सेवाग्राहीमुखी र छिटोछरितो हुनुपर्नेमा उनले जोड दिए।

कागजी प्रकृया झन्झटिलो देखियो, नियम नमिचिने गरी यसलाई सहज बनाउनुपर्छ’- डिभिजन प्रमुख पाण्डेले भने। पाण्डेले साँझ अबेरसम्म वितरण केन्द्रमै बसी विभिन्न फाँटगत प्रकृयामा आवश्यक सुधारका लागि बुदाँगत निर्देशन पनि दिएका थिए । सो क्रममा डिभिजन कार्यालयका प्रशासन प्रमुख दुर्गा खत्रीकाे समेत सहभागीता रहेकाे थियो ।

  • १२ कार्तिक २०८०, आईतवार प्रकाशित

  • Nabintech