१३ कार्यालयका १ सय ३१ जना कर्मचारी अनुपस्थित

असल शासन प्रतिनिधि

जाजरकोट/ दशैँ बिदा पछि गत शुक्रबाुदेखि सबै कार्यालयहरु खुलेका छन् । दशैँ बिदा सकिएर कार्यालयहरु खुलेपनि सरकारी कार्यालयमहरुमा कार्यरत कर्मचारीहरु भने कार्यालयमा हाजिर भएको पाइदैन ।

जाजरकोट जिल्लामा अवस्थित अधिकाँस सरकारी कार्यालयहरुमा कर्मचारीहरु हाजिर भइसकेका छैनन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटले आइतबार सरकारी कार्यालयहरुमा गरेको छड्के अनुगमनमा यस्तो पाइएको हो । अनुगमनको क्रममा १३ वटा कार्यालयका १ सय ३१ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।

जिलला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा १० कार्यालयका प्रमुखसहित आधाभन्दा बढी कर्मचारी अनुपस्थित रहेको पाइएको जिलला प्रशासन कार्यालयले जनाएको छ। भेरी नगरपालिका, जिल्ला हुलाक कार्यालय, वृहत जलाधार कार्यालय, स्वास्थ्य सेवा कार्यालय, ऊर्जा तथा सिँचाइ कार्यालय, सामाजिक विकास कार्यालय, पूर्वाधार विकास कार्यालय, नापी कार्याय, वन डिभिजन कार्यालय, सिँचाइ तथा नदी नियन्त्रण कार्यालय, खानेपानी, भेरी करिडोर सडक आयोजना, मालपोत कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा छड्के गरिएको थियो ।

अनुगमन गरिएका मध्ये जिल्लाको भेरी नगरपालिका, मालपोत कार्यालय र स्वास्थ्य सेवा कार्यालयका कार्यालय प्रमुखहरु मात्र कार्यालयमा भेटिएको तर अन्य १० वटा कार्यालय प्रमुख हाजिरी रजिष्टरमा बिदा नै उललेख नगरी अनुपस्थित रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । तीमध्ये सबैभन्दा धेरै स्वास्थ्य सेवा कार्यालयमा ३७ जना र त्यसपछि भेरी नगरपालिकामा २७ जना कर्मचारी अनुपस्थित रहेका थिए ।

छड्के अनुगमनमा गएको जिल्ला प्रशासन कार्यालयको टोलीले अनुपस्थित कर्मचारीको हाजिरीमा रातो चिह्न लगाएको जनाइएको छ ।

  • १३ कार्तिक २०८०, सोमबार प्रकाशित

  • Nabintech