भरुवा बन्दुक सहित युवा पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ हतियार देखाएर डरत्रास देखाउने एक युवालाइ प्रहरीले पक्राउ परेका छन् ।

भरुवा बन्दुक देखाएर घरपरिवार र छिमेकीलाई डरत्रास देखाउने डुडुवा गाउँपालिका वडा नं. ६ सिखनपुर्वाका २५ वर्षीय राहुलसिंह सरदारलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरी आफ्नै घरमा भरुवा बन्दुक देखाई घरपरिवार तथा छरछिमेकीलाई डरत्रास तथा धम्की दिइरहेको भन्ने सूचनाको आधारमा घटनास्थल पुगेको प्रहरी टोलीले सरदारलाई पक्राउ गरेको थियो ।

सरदारलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए। पक्राउ परेका सरदारबाट एक थान भरुवा बन्दुकसमेत बरामद भएको डाँगीले जानकारी दिए । पक्राउ परेका सरदारमाथि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

  • १३ कार्तिक २०८०, सोमबार प्रकाशित

  • Nabintech