आगलागी बाट २ घरमा पुर्ण क्षती

१५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट

असल शासन प्रतिनिधि

बाजुरा/ बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा ८ रापकमा २ घरमा आगलागि हुँदा घर जलेर पुरै नष्ट भएको छ । स्थानिय बिरबहादुर रावल र भरत रावलको घरमा सोमबार राती आगलागि भएको हो ।

आगलागीबाट मानविय क्षती नभए पनि अन्नपात, लुगा कपाडा र घरभित्र भएको सबै सामानहरु लजेर क्षेती भएको स्थानीय मदन जोशीले बताएका छन ।
नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना तथा स्थानियले आगो नियन्त्रण गरेको जोशीले जानकारी दिए । दुबै जनाको गरी करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।। घर जलेर पुरै नष्ट भएपछि दुबै परिवारका ब्यक्तिहरु अहिले पाल हालेर बसेका छन् ।

  • १४ कार्तिक २०८०, मंगलवार प्रकाशित

  • Nabintech