नेपालमा बस्न लायक ६ लाख घर खाली

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालमा बस्न लायक करिब ६ लाख घर खाली अवस्थामा रहेको पाइएको छ । जनसंख्याको ठूलो हिस्सा बसाइँसराइका लागि तराईमा केन्द्रित हुँदा पहाडी क्षेत्रका घरहरु खाली भएको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर ७५ लाख ५२ हजार घर रहेकोमा ६ लाखमा मानिसको बसोबास नै नरहेको पाइएको छ । घर बस्न लायक भएर पनि ति घरहरु रित्तो अवस्थामा पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको राष्ट्रिय जनगणना २०७८ सम्बन्धी थप नतिजा अनुसार नेपालमा घरहरूमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एकतले घर रहेको देखिएको छ।

त्यस्तै, दोस्रोमा २८.७८ प्रतिशत दुईतले, तेस्रोमा ९.१७ प्रतिशत तीन तले छन्। चारतले १.३ प्रतिशत, पाँचदेखि साततले ०.६४ प्रतिशत, आठदेखि नौतले ०.०१ प्रतिशत र १० तले ०.००३ प्रतिशत घरहरू रहेको तथ्याँक छ। तथ्यांकअनुसार मधेश प्रदेशमा एकतले घर सबैभन्दा बढी अर्थात् ८४.४२ प्रतिशत छन् भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी २.३४ प्रतिशत छन्।

 

  • १४ कार्तिक २०८०, मंगलवार प्रकाशित

  • Nabintech