दशैको शुभकामना आदान प्रदान कार्यक्रम

असल शासन प्रतिनिधि

नेपालगञ्ज  / हिन्दुहरुको महान चाड बिजयादशमी २०८० को अवसरमा बास नेपाल बाँके शाखाले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

बास नेपालका केन्द्रीय पदाधिकारीहरु,सक्रिय सदस्यहरु र बाँके शाखाका पदाधिकारी, ईकाईहरुका सदस्यहरुका साथै स्वयंसेवकहरु गरि ६० जनाको उपस्थितिमा कार्तिक ३ गते बास नेपालको सुशासन हलमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, पुर्ब अध्यक्ष मन भण्डारी, निमिक्त कार्यकारी निर्देशक हेमराज भट्ट,सक्रिय सदस्यहरु कमल बिके निर्मोही, महेन्द्र सेढाई,मधुसुदन अधिकारी लगायतले बिजयादशमी २०८० को शुभकामना ब्यक्त गरेका थिए ।

बाँके शाखाका अध्यक्ष शोभा थापा मगरको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रम स्वागत मन्तब्य बाँके शाखाका सदस्य तथा सक्रिय सदस्य पवन उपाध्यायले राखेका थिए । कार्यक्रम सञ्चालन बास बाँके शाखाका सदस्य अशोक रावलले गरेका थिए ।

त्यसै गरी बास नेपाल दैलेख शाखाले बास नेपाल दैलेख शाखाको समन्वयमा नारायण नगरपालिकाको रेडक्रस माध्यमिक विद्यालयमा विजया दशमी तथा शुभ दिपावली २०८० को अवसरमा शुभकामना आर्दान प्रदान तथा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम असोज २६ गते शुक्रबार सम्पन्न भएको छ

नारायण नगरपालिका वडा नं ६ का वडा अध्यक्ष जनक न्यौपानेको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रथम,द्धितिय र तृतिय क्रमश सन्दिप न्यौपाने,सिता नेपाली र कबिता शाही भएको बास नेपाल दैलेख शाखाका अध्यक्ष हिक्मत बहादुर बुढाले जानकारी दिए ।

त्यसैगरी बास नेपाल जुम्ला शाखाले कार्तिक ५ गते आईतबार चन्दननाथ वडा नम्बर ४ को कार्यालयमा बास शाखाका समपुर्ण पदाधिकारीहरु का साथै बास का शुभचिन्तकहरु को समुपस्थितिमा बडा दशै तथा बिजयादशमी २०८० को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरी बास सिराहा शाखाले कार्तिक ४ गते शनिबार शाखाका र बिभिन्न उपशाखाका पदाधिकारी बिच बिजयादशमी २०८० को शुभकामना आदाल प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसरमा शाखाले नरहरा गाँउपालिकामा बास नेपालको उपशाखा पनि गठन गरेको शाखाका अध्यक्ष गोबिन्द राज बिष्टले जानकारी गराए ।

  • १४ कार्तिक २०८०, मंगलवार प्रकाशित

  • Nabintech