तीन दिनमा ७७ लाख बढी बक्यौता संकलन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले थालेको अभियानमा बक्यौता भुक्तानीकाे क्रम बढेको छ ।

अभियानकै रुपमा बढेको नेपालगन्ज वितरण केन्द्रले मंगलबार २० लाख ५७ हजार ४ सय१० रुपैयाको बक्यौताका लागि २ सय १ जनाको लाइन काटेको छ। जसमध्ये ६६ जनाले सोही दिन बक्यौता भुक्तानी गरि नेपालगन्ज वितरण केन्द्रले ११ लाख ९० हजार १३ रुपैयाँ बक्यौता असुली गरेको लेखाप्रमुख बुद्धिसागर भुषालले बताए ।

त्यसअघि सोमबार १सय१२ जनाको लाइन काट्दै सोही दिन ९ लाख १२ हजार बक्यौता असुली गरेको थियो। वितरण केन्द्रले विभिन्न समूह तयार गरि अन्तरगतका क्षेत्रमा बक्यौता असुलीका लागि टीम परिचालित गरेको छ।

६० दिन नाघेका ग्राहकहरुको बक्यौता असुलीका लागि लाइन काटिने जनाउ दिदैं अविलम्ब भुक्तानीका लागि नेपालगन्ज वितरण केन्द्रले सार्वजनिक अपिल पनि गर्दै आएको थियो।

आइतबारदेखि अभियानकै रुपमा बक्यौता असुलीमा उत्रेको प्राधिकरणको लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जले आफ्नो अन्तरगतको क्षेत्रबाट अभियानको तीन दिन यता १ करोड ५३ लाख बढीको बक्यौता बापत १ हजार ५ सय ७२ जनाको लाइन काटेको जनाएकोछ्। कार्यालयका अनुसार ७७ लाख बढी बक्यौता रकम तीन दिन यता डिभिजन अन्तरगत बाट असुली भएको छ।

उक्त डिभिजन अन्तरगत बाँके, बर्दिया,दाङ,प्युठान ,रोल्पा ,रुकुम(पुर्व)स्थितका बजेट केन्द्रहरु रहेका छन। अभियान थालिएपछि महसुल भुक्तानी गर्ने विद्युत उपभोक्ताहरुको संख्या पनि बढ्दो छ। प्राधिकरणका नगद काउन्टर र अनलाइन भुक्तानी सेवा प्रदायक माध्यमहरुप्रति उपभोक्ताहरुको संख्या पनि बढेको छ।

तीनदिन यता नेपालगन्ज वितरण केन्द्रमा ६० दिन ननाघेका २ हजार ५ सय बढी ग्राहकले लाइन नकट्दै समयमै आफ्नो भुक्तानी गरेको  तथ्यांक लुम्बिनी प्रदेश डिभिजन कार्यालयसंग छ।

  • १४ कार्तिक २०८०, मंगलवार प्रकाशित

  • Nabintech