बर्फानी बाबाको महिमा

सुवास बोहरा

पहाडि महाराज २११ बर्ष बाँचेर मृत्युबरण गर्ने बेलामा आफ्नो शिश्य बर्फानी बाबालाई गेग्लि स्थित रहेको आफ्नोआश्रमको जिम्मा लिन भनेपछि बाँकेको नरैनापुर गाउँपालिका वडा नं ३ गेग्लि स्थित श्री १००८ केशब गिरि बर्फानि बाबालाई दिएका रहेछन।

आश्रम वरिपरि घना जङ्गल भएकोले चितुवा, बाघ, मयुर, बदेल पाउनुको साथै करिब ३६ प्रजातिका सर्पहरु आश्रमको वरिपरी बस्ने गरेपनि आजसम्म कसैलाई नटोकेको बुझियो। पारिजातको फुलको सुगन्धले यात्रालाई झन रमाईलो बनाउने रहेछ। प्राय भारतका दर्शनार्थिहरुले बढि महत्बका साथ हेरि बर्फ्यानि बाबाको दर्शन गर्न आउने रहेछन। जति जना भक्तजनहरु आएपनि आश्रममा भोजन गरेर जानुपर्ने ब्यबस्था रहेछ। बर्फ्यानी बाबा समय समयमा अन्तरध्यान हुनु हुँदो रहेछ।

दर्शन गर्न आउने भक्तजनहरुबाट हुने सर सहयोगबाट सामान्य खर्च चलिरहेको पाईयो। करिब ८०० को हाराहारिमा क मानसरोबर,गोसाईकुन्ड,गुप्तकासी बद्रिकेदारनाथ लगायत अरु धेरै ठाउँबाट तपस्या गर्नुभएको रहेछ। स्थानिय र प्रदेश सरकारबाट सहयोग पाईरहेको बुझियो। राप्तिसोनारी गाउँपालिका वडा नं. ४ बैजापुर हुदै कुम्भर हुदै जङ्लको बाटो (गाडिको यात्रापछि) करिब १ घन्टाको उकालो लागेपछि, गेग्लि गाउँको बाटो हुँदै बर्फानि तलको आश्रमको जङ्गलको बाटो हुदै माथिल्लो बर्फानि बाबाको आश्रम पुग्न करिब साँढे २ घन्टाको पैदल उकालो यात्रा गरेपछि बाबाको आश्रम पुगिने रहेछ। सुरक्षाको लागि नेपाल प्रहरीको समेत ब्यबस्था रहेछ।

सामान्यतया २ किमी टाढाबाट पानी ल्याउने गरेको तर आपतकालिन अबस्थामा हप्तामा एकपटक २ बटा जेनेरेटर प्रयोग गरी पानी ल्याईने रहेछ।
मनले चिताएको पुग्छ भन्ने भक्तजनहरुको मान्यता रहेछ। बाँके जिल्लामा आउने पर्यटकहरुको लागि घुम्नको लागि उत्कृष्ट गन्तब्य मानिएको छ।
महाशिबरात्री पर्ब र प्रत्येक सोमबार प्राय भक्तजनहरु बाबाको दर्शन गर्न जाने रहेछन जसको कारणले आन्तरिक पर्यटनमा समेत टेवा पुग्न सक्ने देखिन्छ।

(बोहरा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख हुन् – सम्पादक)

  • १५ कार्तिक २०८०, बुधबार प्रकाशित

  • Nabintech