बाँकेमा बजार अनुगमन तिब्र

उपभोक्ता हित विपरितका सामाग्री जफत गरि नष्ट गरिदै

असल शासन प्रतिनिधि

नेपालगन्ज । तिहार नजिकिएसँगै बाँके प्रशासनले बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडपर्बको समयमा म्याद गुज्रेका तथा अखाद्य बस्तुहरुको बिक्रि वितरण बढी हुने भएपछि प्रशासनले सक्रियता बढाएको हो । बजार अनुगमनको क्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वको टोलीले जमुनाहदेखि बिपि चौकसम्मका विभिन्न ५३ वटा पसलको अनुगमन गरेको छ । अनुगमनको क्रममा उपभोक्ता हित बिपरितका गतिबिधी गर्ने ३ पसललाई जनही रु १०,००० का दरले जरिवाना गरेको छ भने रु. १७,०७० मुल्यको म्याद गुज्रेका अखाद्य सामाग्री तथा पेय पद्वार्थ र रु ३०,५९८ मुल्यको अवैध सुर्तिजन्य पदार्थ नष्ट गरिएको जनाएको छ ।
कार्तिक १५ गते बुधबार मात्रै ३० वटा पसल अनुगमन गर्दा २ वटा पसललाई २० हजार र अर्कोलाई १० हजार गरी रु ३०,००० जरिवाना गरिएको छ भने म्याद गुज्रिएको रु ४,७४० मुल्य बराबरको बियर र रु ३८,१९४ बराबरको अवैध सुर्तीजन्य पदार्थ फेला परेपछि त्यसलाई जफत गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। बाँकेमा केही समय अगाडी मात्रै सरुवा भई नयाँ प्रमुख जिल्ला अधिकारी आएपछि बाँके प्रशासनको सक्रियता निकै बढेको छ ।

  • १५ कार्तिक २०८०, बुधबार प्रकाशित

  • Nabintech