नेपालमा भुकम्प, केन्द्रबिन्दु जाजरकोट

असल शासन प्रतिनिधि

नेपालगन्ज/ शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएकाे छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा पैँक आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरेको छ ।

६.४ म्याग्निच्युडको भुकम्प रहेको उक्त भुकम्पको महसुस राजधानी देखि सुदुरपश्चिम, लुम्बिनी, कर्णाली प्रदेश लगायतका क्षेत्रमा गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताए ।

भूकम्पबाट जाजरकोट सहितका जिल्लाका घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech