भुकम्प अपडेट : नलगाड जाजरकोटकि उपमेयर सरिता सहित ५४ को निधन

असल शासन प्रतिनिधि

जाजरकोट/ जाजरकोटमा शुक्रबार रातिको भूकम्पले ५४ जनाको मृत्यु भएको छ ।

बिहान साढे ५ बजेसम्मको विवरणअनुसार रुकुममा २८ जना र जाजरकोटमा २६ जनाको मृत्यु भएको हो ।

शुक्रबार राति ११:४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा मानवीय र भौतिक क्षति भएको छ ।

प्रहरीका अनुसार रुकुममा मात्र २८ जनाको मृत्यु पुष्टि भएको छ ।

जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २६ जनाको मृत्यु पुष्टि भएको छ । जाजरकोटमा २६ जनाको ज्यान गएको खबर प्राप्त भएको छ ।

पछिल्लो विवरणअनुसार जाजरकोटमा १४ महिला र १२ पुरुषको मृत्यु भएको छ । ३८ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । भूकम्पबाट सख्त घाइते भएका आठ जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

जिल्ला अस्पताल बिरामीले भरिएका छन् । सर्वसाधारणको रुवावासी चलेको छ । उद्धारको क्रम जारी छ ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech