६५ जनाको मृत्यु भएको पुष्टी

उद्धार र राहतमा सहयोग गर्न प्रशासनको अपिल

सर्जना कार्की

रुकुम / जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको प्रशासनले पुष्टी गरेको छ। जाजरकोटको विभिन्न स्थानमा ३७ र रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको बताएका छन्।​ यस्तै रुकुमपश्चिममा अहिलेसम्म २८ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए। भूकम्पमा परी १०० भन्दा बढी घाइते भएका छन्। रातिको समयमा भुकम्प गएकाले क्षती बढ्न सक्ने बताईएको छ ।
यसैगरी भुकम्पमा परि घाईते भएकाहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भईरहेको जिल्ला अस्पताल जाजरकोट अस्पताल विकास समितिका अध्यक्ष डम्बर सिंहले जानकारी दिएका छन् । गम्भिर घाईतेहरुलाई नेपालगन्ज रेफर गरि पठाउन थालिएको उनले असल शासनलाई जानकारी दिएका छन् । घाईतेको उद्धार र राहतमा सबैलाई सहयोग गर्न अध्यक्ष सिंहले अपिल समेत गरेका छन् ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको थियो ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech