भेरी अस्पताल उपचार ब्यवस्थापनको पूर्ण तयारीमा

प्रजिअ सहितको टिम ब्यवस्थापनमा व्यस्त

हेम राज भट्ट

नेपालगन्ज । नेपालगन्ज स्थित भेरी अस्पतालमा जाजरकोट र पश्चिम् रुकुमबाट उपचारका लागि आउने बिरामी को ब्यबस्थापनको पुर्ण तयारी गरिएको छ ।
भुकम्पबाट गंभिर घाईते भएकाहरुको उपचारको लागि नेपालगंज ल्याईने संभावनालाई आंकलन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल सरोकारवालाहरुसँग छलफल गरि आवश्यक तयारीमा जुटेका थिए । बिहान ५ बजे नै जिल्ला प्रशासन कार्यालय बाँकेले सुचना जारी गर्दै भेरी अस्पताललाई बेड, चिकित्सक, नर्सिङ स्टाफ, औषधि, एम्बुलेन्स लगायतको संपूर्ण बन्दोबस्तिका साथ तयारी अवस्थामा राखिएको जानकारी दिएको छ । यसैगरी कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । नेपालगन्ज भेरी अस्पतालमा फोकल पर्सनको रुपमा नरेश श्रेष्ठलाई जिम्मेवारी तोकीएको छ भने प्रमुख जिल्ला अधिकारी, मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल बिकास समिति अध्यक्ष, नर्सिङ निर्देशक लगायत को टिम भेरी अस्पतालमा उपचारका लागि आउने बिरामी को ब्यबस्थापनको सम्पूर्ण तयारीका लागि तयारी अवस्थामा रहेको प्रशासनले जानकारी दिएको छ । उपचारको क्रममो रगतको आवश्यकता पर्ने भएकाले सबैलाई रक्तदान केन्द्र भेरी अस्पतालमा आएर रक्तदान गर्न फोकल पर्सन श्रेष्ठले अपिल गरेका छन् ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech