भुकम्प अपडेट : १२८ को निधन, १४१ जना घाईते

असल शासन प्रतिनिधि

वीरेन्द्रनगर/ जाजरकोटमा केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बारेकोट गाउँपालिका -१, रामीडाँडामा ४४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।

त्यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ भन्दा बढी घाइते भएका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट पश्चिम नेपाललमा सयौँ घरसमेत भत्किएका छन् ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech