भुकम्प अपडेट : १२१ जनाको निधन, उद्दारमा खटिए सुरक्षाकर्मी

असल शासन प्रतिनिधि

जाजरकोट/ जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएराती ११:४७ बजे गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म १२९ जनाको मृत्यु भएको छ ।

भुक्म्पबाट १४० घाइते भएको नेपाल प्रहरीले जनाएको छ । शनिबार विहान ८ :१५ बजेको प्रहरी अपडेटमा जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् ।

प्रहरीले भूकम्प प्रभावित क्षेत्रमा डीआईजीपी डा गोपेश ठाकुरको नेतृत्वमा ११ जनाको मेडिकल टोली, नेपाली सेनाको लेफ्टीनेन्टको कमाण्डमा अरु ११ जनाको रेस्क्यु टिम एमआई १७ हेलिकप्टरबाट विहान ७.५७ बजे उडेको जनाएको छ ।

उद्धारका लागि रुकुम पश्चिबाट ३२०, जाजरकोटबाट ४५०, कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जना, चौरझारी बेसक्याम्पबाट जाजरकोट र रुकुमपश्चिको लागि १० १० जना प्रहरी टोली खटिएको जनाएको छ ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech