भुकम्प प्रभावित क्षेत्रमा मेडिकल टिम सहित नेपाली सेना

असल शासन प्रतिनिधि

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको भूकम्प प्रभवितको उद्धारमा नेपाली सेनाले तिब्रता दिएको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै सेनाले रातिबाट नै प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेको जानकारी दीएको छ । जाजरकोट र पश्चिम रुकुममा परिचालित फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य जारी राखेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । परिचालित फौजले घाइतेहरुको उद्धार गरी अस्पताल पठाइरहेको छ भने मृतकहरुको शव समेत निकालिरहेको छ ।
काठमाडौं, सुर्खेत र नेपालगन्जमा डाक्टर र स्वास्थ्य सामाग्रीसहितको टोली थप उद्धार कार्यको लागि स्ट्याण्डबाइ राखिएको तथा घाइतेहरुको थप उपचारका लागि सैनिक अस्पताल नेपालगन्ज र वीरेन्द्र अस्पताल छाउनीमा डा. अधिकृतको टोली तयारी हालतमा रहेको नेपाली सेनाले जानकारी गराएको छ ।
सेनाका अनुसार खोज तथा उद्धारका लागि हेलिकप्टरबाट काठमाडौंबाट चौरजहारीमा ३ जना डाक्टरसहित १६ जना, स्काइ ट्रकमार्फत चौरजहारीमै काठमाडौंबाट थप १६ जना, हेलिकप्टरबाट सुर्खेत लामिडाँडामा ३ जना र हेलिकप्टरबाट काठमाडौंबाट चौरजहारीमा अरु २६ जना मेडिकल टिम सहितका फौजहरू परिचालन गरिएको जानकारी दिएको छ ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech