५ दिन टेलिकमले निःशुल्क सेवा दिने

असल शासन प्रतिनिधि

नेपालगन्ज । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले फोन तथा म्यासेज निःशुल्क गर्ने निर्णय गरेको बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।
सूचना आदानप्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकलाई पाँच दिनको अवधिका लागि निस्शुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराइको कम्पनीले जानकारी गराएकोछ । यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच दिनको अवधिका लागि निस्शुल्क भ्वाइस तथा एसएमएस सेवासहितको निःशुल्क सिम उपलब्ध गराइने जानकारी दिएकोछ ।

यसरी उपलब्ध गराउने सिम कम्पनीको सुर्खेत, रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट कार्यालयबाट उपलब्ध हुने जनाएकोछ । भने उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा समेत उपलब्ध गराईने टेलिकमले जनाएको छ ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • Nabintech