बाओशन कफिका लागि प्रसिद्ध

नमस्कार शाह, बासोशन, चीन

बाओशन कफीको लागि चीनकै प्रसिद्ध क्षेत्र हो । युनानको बाओसानलाई चीनको कफी भूमि भनिन्छ ।
जानकारी अनुसार, सन् १९५२ देखिनै बाओसानमा ठूलो मात्रामा कफी उत्पादन गर्न थालिएको हो । यसको इतिहास ६० वर्षभन्दा बढी छ। यसबाहेक, बाओसान चीनको सिभेट कफी उत्पादन गर्ने पहिलो क्षेत्र पनि हो, जुन धेरै प्रसिद्ध छ।

युन्नान बाओसान कम अक्षांश पठारमा अवस्थित छ। आफ्नो विशेष भौगोलिक स्थानका कारण यसले “एउटा पहाडलाई चार मौसम र दस माइल फरक दिनमा विभाजन गरेको” त्रिआयामिक हावापानी बनाएको छ, यो हावापानी कफी खेतीका लागि एकदमै उपयुक्त छ ।

बाओसानको उत्कृष्ट प्राकृतिक वातावरण, हावापानी, पानी र अन्य प्राकृतिक फाइदाका कारण बाओसानले उत्पादन गरेको अरेबिका कफी स्वादिलो ​​मान्न थालिएको छ( कफी रिसर्चर ( वाङ्ग सि भन्छन् ( कफी तीतो छैन, सुगन्धित र थोरै अम्लीय छ । बाओसानको अरेबिका कफी रोपण प्रविधिको स्तर बढ्दै गएको छ, विशेष गरी हालका वर्षहरूमा, सिनझाई कफी जस्ता कफी कम्पनीहरू कफी उत्पादन र बजारीकरणमा असाध्यै मेहनत गरेर लागेका छन् ।


बाओसानमा कफीको प्रबर्द्धनका लागि रोबोट प्रयोग गर्न थालिएको छ । रोबोटले कफी बनाउने देखि खुवाउने काम गर्न थालेको छ । चाइना मोबाइलले तीन वर्ष अघि बनाएको रोबोटको प्रयोग थालिएको हो । बाओसान अरेबिका कफी इन्डस्ट्रियल पार्कको नजिकै रहेको कफी एसोसियसनको कार्यालयमा रोबोटको प्रयोग गरिएको छ । जहाँ पुरातात्विक शैलीमा दुई दर्जनबढी आकर्षक घरहरू एकै आकारमा बनाइएका छन् । बाओसान अरेबिका कफी इन्डस्ट्रियल पार्कका अध्यक्ष ली चियाबोका अनुसार,
बाओसान सहरमा मात्रै कफी बिन उत्पादनका लागि ५२ वटा प्रशोधन केन्द्र र कारखाना स्थापना भएका छन् ।

बाओसान सहरको बाओसान अरेबिका कफी इन्डस्ट्रियल पार्क यहाँको प्रमुख उत्पादन केन्द्र हो । जहाँ बाओसान सहरमा रहेका ५२ कफी बिन उत्पादन केन्द्रमध्ये १० वटा यही इन्डस्ट्रियल पार्कमा रहेका छन् । कोभिडको समयमा निर्माण भएको यो इन्डसट्रियल पार्कमा अत्याधुनिक मेशिनहरू जडान गरिएको छ ।

सो औद्योगिक पार्कमा अहिले दैनिक विभिन्न १५ प्रकारका बिनहरु उत्पादन भइरहेका छन् । यो पार्क भित्र रहेका दुई दर्जन बढी ठूला भवनमा दैनिक पाँच हजार श्रमिक काम गर्छन् । यो एकै पार्कले दैनिक १५० टन कफी बिनको कच्चा पदार्थ उत्पादन पर्छ ।

  • १९ कार्तिक २०८०, आईतवार प्रकाशित

  • Nabintech