भुकम्पबाट घाईते भएकाहरुको उपचारमा खटिए डाक्टर गोबिन्द केसी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर गोविन्द केसी भुकम्पबाट घाइतेहरुको उपचारमा सहयोग पुर्याउन नेपालगंज स्थित भेरी अस्पताल पुगेका छन् ।

डा. केसी आइतबार नेपालगन्ज पुगेका हुन् ।

नेपालगन्ज पुगेर डाक्टर केसी अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारमा संलग्न रहेका छन् ।

जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पमा परेर अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ भने २ सय भन्दा जना घाइते भएका छन् ।

जाजरकोटमा १०५ जना र पश्चिम रुकुममा ५२ जनाएको मृत्यु भएको छ ।

  • १९ कार्तिक २०८०, आईतवार प्रकाशित

  • Nabintech