राउटे मुखियाको निधन

असल शासन प्रतिनिधि

नेपालगन्ज/ राउटेका मुखिया महिनबहादुर शाहीको निधन भएको छ ।

शाहीको आज बिहान ६६ वर्षकाे उमेरमा शाहीको निधन भएको हो ।

शाहीको राउटे परम्परा अनुसार अन्तिम दाहसंस्कारसमेत गरिएको छ । मुखिया शाहीकी पत्नी दुनी शाही र दुई बुहारीहरू सुरमान र सुन्दरी शाही रहेका छन् । मुखिया शाहीका छोरा नारायण शाहीको केही समयअघि आगोमा जलेर निधन भएको थियो ।

नारायणको काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । त्यसअघि उनका अर्का छोरा शिवराज शाहीको पनि लडेर निधन भएको थियो ।

१ सय ४२ जनाको जनसंख्या रहेको यो समुदायमा महामुखियाको निधन भएसँगै जनसंख्या १४१ मा झरेकाे छ ।

फिरन्ते जीवनयापन गर्दै आएका उनीहरूको हाल भैरवी गाउँपालिका–३ छामघाट खोला नजिकै बसोबास छ ।

  • १९ कार्तिक २०८०, आईतवार प्रकाशित

  • Nabintech