टिकटकमा अश्लीलता फैलाउने बराललाई कार्वाही

असल शासन प्रतिनिधि

रुपन्देही/ सामाजिक सञ्जाल टिकटकमा अश्लील हर्कत गरेर विवादित बनेकी नेतृ शान्ती बराललाई नेकपा माओवादी केन्द्रले निलम्बन गरेको छ । शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीको सैनामैना नगर समितिले उनलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको हो ।

“पार्टी अनुशासनभन्दा बाहिर गएर आफ्नो विचार व्यवहार प्रस्तुत गर्ने छुट कसैलाई पनि नभएको कुरा पुनः स्मरण गराउन चाहन्छौं,” समितिको विज्ञप्तिमा भनिएको छ । बराल मा‌ओवादीको सैनामैना नगर कमिटी सदस्य पदमा रहेकी थिइन् ।

उनीमाथि पार्टीको साङ्गठनिक जिम्मेवारी, पार्टीमा हुनुपर्ने सामाजिक तथा सांस्कृतिक अनुशासन तथा आम नेपाली सामाजिक तथा सांस्कृतिक व्यवहार विरुद्ध गई सामाजिक सञ्जालमा प्रस्तुत हुन गएको आरोप लगाइएको छ । “उक्त कारण समेतले निजलाई पार्टी सङ्गठनको सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्य समतबाट निलम्बन गरिएको जानकारी गराउँदछौं,” विज्ञप्तिमा अगाडि भनिएको छ ।

केही दिन अघि बरालले टिकटक लाइभमार्फत आफ्नो वक्षस्थल प्रदर्शन गरेकी थिइन् । त्यस अघि समेत सामाजिक सञ्जालमा प्रस्तुत हुने शैली अपाच्य किसिमको रहँदै आएको थियो ।

  • २० कार्तिक २०८०, सोमबार प्रकाशित

  • Nabintech