आपतकालीन कार्यसंचालन केन्द्रमा स्वयंसेवकले सहयोग गर्दै

असल शासन प्रतिनिधि

नेपालगन्ज । भुकम्पबाट घाईते भई नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत घाईते र कुरुवाको सहयोगका लागि बास नेपालले स्वयंसेवक परिचालन गरेको छ ।
बिरामीहरुलाई समय तालिका अनुसार खाना र नास्ताको ब्यवस्थापन गर्ने, बिरामी कुरुवाहरुलाई आवश्यकता अनुसार सहयोग गर्ने, केन्द्रमा सुचनाका लागि राखिएको सुचना बोर्डलाई नियमित अद्यावधिक गर्ने लगायतका कार्यमा सहयोग गर्ने उद्धेश्यले स्वयम् सेवक परिचालन गरिएको हो ।

जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र को समन्वयमा सिप्टमा स्वयंसेवक परिचालन गरिएको छ । उपचाररत ब्यक्तिहरुलाई कुनै पनि प्रकारको समस्या नहोस भन्ने उद्धेश्यले स्वयंसेवक परिचालन गरिएको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र भेरी अस्पतालका फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रमा उपचाररत घाईतेहरुको पूर्ण रुपमा निशुल्क उपचार भईरहेको छ । भेरी अस्पतालमा २६ महिला र २३ पुरुष गरि ४९ जनाको उपचार भईरहेको छ । जसमा बाँकेका २ जना, ३३ जना जाजरकोटका , १३ जना रुकुम पश्चिमका र १ जना सल्यानका रहेका छन् ।

  • २१ कार्तिक २०८०, मंगलवार प्रकाशित

  • Nabintech