भुकम्प प्रभावित क्षेत्रमा बास नेपाल

जाजरकोटमा अधिकारीहरुसँग छलफल तथा राहत हस्तान्तरण

असल शासन प्रतिनिधि

नेपालगन्ज । बास नेपालले भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा राहत सामाग्री उपलब्ध गराएको छ ।
पहिलो चरणको राहत सामाग्री बास नेपालले जिल्ला विपत ब्यवस्थापन समिति जाजरकोटलाई हस्तान्तरण गरिएको छ । उपलब्ध गराइएको राहत सामाग्री मध्ये २०० वटा कम्बल, ९० वटा त्रिपाल कुशे गाउँपालिकामा पठाईएको छ भने ३०० वटा कम्बल बारेकोट गाउँपालिका पठाईएको प्रभावित क्षेत्रमा राहत सामाग्री लिएर पुगेका बास कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले असल शासनलाई बताए ।


भुकम्प प्रभावित क्षेत्रमा पुगेपछि बासको टिमले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग ब्यवस्थापन र राहत वितरण, बासले गर्न सक्ने सहयोगका बिषयमा छलफल गरेको थियो । छलफल पश्चात प्रमुख जिल्ला अधिकारी सुनारले प्रभावित क्षेत्रको ब्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेका थिए ।

यसैगरी सो क्रममा बास नेपाल जिल्ला शाखा पदाधिकारीहरु र युवा स्वयंसेवकहरु सँग बैठक गरेको थियो । बैठकमा भुकम्प प्रभवित क्षेत्रमा बासले गरिरहेको स्वयंसेवाका बिषयमा छलफल गरिएको थियो । पहिलो चरणको राहत प्रदान ग्लोबल पिस फाउण्डेसन, युथ एड्भोकेसी नेपाल र रक्षक सेक्युरिटीको सहकार्यमा गरिएको थियो । भुकम्प प्रभावित क्षेत्रमा राहत सहित बास नेपाल कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाही, जन सम्पर्क अधिकृत माधब कार्की र अनुगमन अधिकृत हरि प्रशाद जोशी पगेका छन् ।

  • २१ कार्तिक २०८०, मंगलवार प्रकाशित

  • Nabintech