सरकारी अड्डामा चोर पस्यो

ड्युटिमा रहेका प्रहरीलाई जिल्ला तानियो, चोरको खोजीमा प्रहरी

हेम राज भट्ट

नेपालगन्ज । चौबिसै घण्टा सुरक्षा तैनाथी रहने सरकारी अड्डामा चोर पसेको छ ।
कैलाली जिल्ला अदालतमा आईतवार ड्युटीमा खटिएका प्रहरीहरु कै आखाँ अगाडी राति करीव साढे १० बजे चोर पसेको हो ।
अदालतको दक्षिण तर्फ रहेको शाखाको ग्रिल फोडेर कार्यालयका अत्यावश्यक कागजात तथा सामाग्रीहरु चोरी भएको छ । चोरले मुद्दाका मिसिलसँगै पाँच थान मोवाईल, एक थान कटुवा पेस्तोल र त्यसका चार वटा गोली चोरेर लगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अदालतको प्रवेशद्धारबाट करिब ७० मिटरको दुरीमा रहेको दक्षिण तर्फको भागबाट चोरी भएको कैलाली जिल्ला अदालतका श्रेष्तेदार मान बहादुर बिष्टले असल शासनलाई बताए । उनले महत्वपूर्ण कागजातसँगै बरामद गरी राखिएका मोवाईल, जुत्ता लगायत सामाग्री चोरेर लगेको बताए । सरकारी अड्डामा चोर पस्यो के जवाफ दिने राति देखि नै हैरान छु उनको जवाफ थियो । उनका अनुसार उक्त घट्ना पछि जिल्ला अदालतको सुरक्षामा खटिएका ६ जना प्रहरीहरुलाई जिल्ला बोलाएर उनीहरुको स्थानमा नयाँ टोली खटाईसकेको छ ।
चोरले श्रेष्तादार, मुद्दा दर्ता फाँट, अभिलेख शाखा तिर गएको सिसि क्यामेरामा देखिएको प्रहरीले जनाएको छ । उनीहरु पहिलेदेखि नै कुन मिसिल कहाँ छ, मुद्दा फाँट कहाँ छ भन्ने जानकारी राखेर भित्र पसेको हुन सक्ने प्रहरीको अनुमान छ । चोरीमा संलग्न व्यक्तिहरु हाल सम्म पनि पक्राउ परेका छैनन् ।

  • २१ कार्तिक २०८०, मंगलवार प्रकाशित

  • Nabintech