मनमोहक छिन्झाई ताल (फोटो फिचर)

नमस्कार शाह, चीन

चीनको युनान प्रान्त स्थित बाओसान सहरबाट एक घण्टाको बस यात्रा गरेपछी पुगिन्छ लुजिङ्बा क्षेत्र । जुन क्षेत्रमा छ, मनमोहक छिन्झाई ताल ।

ग्यालिगोङ अन्तरास्ट्रिय बुटिक कफी साँस्कृतिक पार्क छेउमै रहेकी उक्त पुरातात्त्विक ताललाई कफी साँस्कृतिक पार्कलेनै संरक्षण गरेको छ । यसको मुहानमा दैबी शक्ति रहेको जनबिश्वास छ, उक्त मुहानको जल पिउँदा स्वस्थ भईने मान्यता रहेको छ । जहाँ ढुङ्गाको सिलौट राखिएको छ भने त्यहीँ छेउमा दुई वटा गुम्बाहरु छन् ।  जहाँ स्थानीयहरु पूजा, आजा गर्दछन् ।

तालको सुन्दरताको अवलोकन देखि बोटिङ्ग सम्म गर्ने सु(अवसरले पर्यटहरु रमाउँछन् । तालसङ्गै कफी पार्क छ । पार्कमा कफीको मात्र छैन । पुरातात्त्विक महत्वका तस्वीरहरु ढुङ्गामा कुँदिएको छ, परम्परागत सामाग्रीहरु सँरक्षण गरिएको छ ।

हरियाली, सजावट र व्यवस्थापनको त कुरै छोडौँ, जति प्रशंसा गरे पनि कम हुन्छ । त्यसैगरि पार्क भित्र पुराना रुखहरु सँरक्षण गरेर राखिएको छ ।


चिनियाँ जानकारहरुका अनुसार, पार्क भित्र ३ सय बर्ष पूरा पुरानो बरको रुख छ । यसलाई संरक्षण गरिएको छ । पुराना हाङ्गाहरु काट्ने र नयाँ हाङ्गाहरुलाई प्रबर्द्धन गरेर रुख जोगाईने रहेछ ।

 

  • २१ कार्तिक २०८०, मंगलवार प्रकाशित

  • Nabintech