छाँयानाथ रारामा बिद्युत सर्ट भै आगलागि

असल शासन प्रतिनिधि

नेपालगञ्ज  / मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ४ स्थित एक घरमा बिद्युत सर्ट भै आगलागि भएको छ ।

खेतीपातीको सिजन भएकाले घरका सबै जना खेत गएको बेला सोमबार दिउँसो साढे १ बजे तिर एक्कासी बिद्युत सर्ट भएर आगलागि हुँदा घर सहित घरमा भएको सबै खाद्यन्न जलेको पिडित देबीराज रावल बताउँछन् ।

बृद बुवा, आमा, भाई, श्रीमती सँगै ३ जना छोराछारीका साथ बस्दै आएका रावल परिवार अहिले बिचल्लीमा परेका छन् ।
बस्ने बास र खाने अन्न सहित सबै जलेर नष्ट भएपछि चिसो मौसममा कठयाँग्रिएर गोठमा बस्नु परेकाले राहतका लागि स्थानिय सरकार सँग आग्रह गरेका छन् । देबीराज भन्छन् “पालिकाले आएर मुचुल्का उठाएर त गएका छन् तर खै कहिले राहत दिने हुन्” ।

  • २२ कार्तिक २०८०, बुधबार प्रकाशित

  • Nabintech