राप्तीसोनारीले गर्यो बजार अनुगमन

असल शासन प्रतिनिधि

नेपालगञ्ज / राप्तीसोनारी गाउँपालिका अन्तर्गत बिभिन्न वडाहरुमा रहेका खाद्य तथा किराना पसलहरुमा बुधवार बजार अनुगमन गरिएको छ ।

राप्तीसोनारी गाँउपालिकाको पहलमा, राप्तीसोनारी गाउँपालिका, राप्तीसोनारी उद्योग बाणिज्य संघ र बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले बुकधवार सयुक्त बजार अनुगमन गरेका हुन् । सुरक्षाकर्मीको रोहबरमा गरिएको अनुगमनको क्रममा म्याद सकिएका विभिन्न खाध पदार्थ, खाने तेल, सुर्ती जन्य पदार्थ, मसलाहरु र बियरहरु लाई जलाएर नस्ट गरिएको छ ।

बाणिज्य कार्यालय नेपालगञ्जका प्रमुख बिष्णु प्रसाद धितालका अनुसार राप्तीसोनारी वडा नम्बर २ अगैया, राप्ती सोनारी ३ भवानियापुर, नारायनपुर, राप्तीसोनारी ४ बैजापुर चोक,सुर्यलालपुर, धामपुर गौरीगाँउ र राप्तीसोनारी ५ चिलरिया र चाचरफर्कामा रहेका बिभिन्न खाद्य तथा किराना पसलहरुमा अनुगमन गरी म्याद गुज्रिएका खाद्य पदार्थलाई आगो लगाएर नष्ट गरिको हो ।

प्रमुख धितालका अनुसार बजार अनुगमन गर्दा छब्बीस हजार मुल्य बराबरको सुर्तीजन्य पदार्थ र सैतिस हजार सात सय पचासी बराबरको खाध्य पदार्थ र बियरहरु नष्ट गरिनुका साथै म्याद गुज्रिएका र खरीद बिल नभएका सामानहरु राखेको भेटेपछि शमसेरगञ्ज स्थित ए एण्ड ए बोहरा जनरल स्टोर र राप्तीसोनारी ५ चिलरिया स्थित चौधरी स्टोर लाई बिस बिस हजारका दरले जरिवाना गरिएको छ ।

  • २२ कार्तिक २०८०, बुधबार प्रकाशित

  • Nabintech