राप्तीसोनारीले गर्यो नौ बुद्धे साझा प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगञ्ज /  राप्तीसोनारी गाँउपालिकाले बिहिबार एक कार्यक्रममा नौ बुद्धे साझा प्रतिबद्धता घोषणा गरेको छ ।

राप्तीसोनारी गाँउपालिका वडा नम्बर ६ को सिद्धेश्वर माध्यामिक बिद्यालय फत्तेपुरमा राप्तीसोनारी गाँउपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा सम्पन्न भएको सार्बजनिक सुनुवाई कार्यक्रममा उक्त प्रतिबद्धता घोषणा गरिएको हो ।

दुई सय जनाको उपस्थितिमा सञ्चालन गरिएको सार्बजनिक सुनुवाईमा सरोकारवालाहरु समक्ष आफ्ना समुदायमा भएका समस्याहरु लाई लिएर सेवाग्राहीहरुले प्रश्न राखेका थिए । राप्तीसोनारी वडा नम्बर ७ नारापानीमा सडक निमार्णमा पालिकाले चासो नदिएको र युवाहरुको लागि खेलकुदका कार्यक्रम नियमित गराउन नसकेको गुनासो सहभागी वडा नम्बर ७ का सन्तोष बिश्वकर्माले राखेपछि गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाले गाँउपालिका बाट संचालन गर्ने सबै खेलकुदहरुलाई कार्यतालिका निर्माण गरि नियमित सञ्चालन गर्ने र उक्त सडक यही बर्ष निमार्ण गरिसक्ने बताएका थिए ।

गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरु,एक देखी नौ वटै वडाका अध्यक्षहरु र वडा सचिवहरु जवाफदेही बक्ताको रुपमा रहेको सार्बजनिक सुनुवाई कार्यक्रममा उपस्थित सहभागीहरुले सिचाईको अभाव,बिजुली बत्ति नभएको,पशुपालन समस्या रहेको,महिला स्वास्थ्य स्वयंसेबिका हरुको सुबिधा थप नभएको,स्वास्थ्य संस्थामा औषधी अभाव रहेको, दलित बर्गको कार्यक्रमहरु नभएको,सडक निर्माण प्रभावकारी नभएको,पालिकाको योजना

तर्जुमा गर्दा स्थानियहरुलाई थाहा नदिएको,बिशम्पुर गाँउमा सिचाई सुबिधा नभएको लगायतका गुनासोहरु राखेका थिए ।
तिन घण्टा सम्म चलेको कार्यक्रम पश्चात नागरिकहरुको गुनासोहरुलाई सम्बोधन गर्दै सरोकारवाला निकायले उक्त कार्यक्रम मार्फत नौ बुद्धे सार्बजनिक प्रतिबद्धता घोषणा गरेका छन् । प्रतिबद्धताहरुमा सुचनाको हकलाई प्रबद्र्धन गर्दै वडा नम्बर ७ लगायत सबै वडामा सुचनाको पाटीको ब्यवस्थापन गरी पालिकाको योजना, बजेट र कार्यक्रम समेत टाँस गर्ने, राप्तीसोनारी गाँउपालिकाको वडा नम्बर ६ मा ट्रान्सफर्मर जडानका लागि पहल गर्ने,बनहरुमा भईरहेका अतिक्रमण रोक्नको लागि आबश्यक पहल गर्ने, राप्तीसोनारी ७ नालापानिको बाटो यसै आर्थिक बर्षमा निर्माण गरिसक्ने, पालिकाबाट बितरण गरिने निशुल्क औषधीको अभाव हुन नदिने गरी आवश्यक ब्यवस्था मिलाउने, योजनाका सात चरणलाई अनिबार्य अबलम्बन गर्ने , गाँउपालिकाबाट सञ्चालन गरिने सम्पुर्ण खेलकुदका लागि कार्यतालिका निर्माण गरी ब्यवस्थित तवरबाट खेलकुद सञ्चालन गर्ने, संरक्षणको अभावमा रहेका तथा अभिभावक बिहिन बालबालिकाको संरक्षण गर्ने र बिसम्पुर गाँउमा सिचाई स्ुबिधाको अभाव रहेकोमा यहि बर्षमा कम्तिमा सिचाई बोरिङको ब्यवस्थापन गर्ने लगायतका रहेकबा छन् ।

अनौपचारीक रुपमा सञ्चालन गरिएको सार्बजनिक सुनुवाई कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि बास नेपालका केन्द्रीय उपाध्यक्ष बिव कुमार बर्माले प्रकाश पारेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटा गाउँपालिकाको चौमासिक प्रगती तथा उपलब्धिहरुको बारेमा जानकारी गराएको कार्यक्रममा नागरिक प्रतिबेदन पत्र तथा बहिगमन अधिमत बास नेपालका अधिलेखीकरण अधिकृत रबिन्द्र बोहराले प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले गरेका थिए ।

  • २३ कार्तिक २०८०, बिहीबार प्रकाशित

  • Nabintech