ट्रकको ठक्करबाट थारुको निधन

असल शासन प्रतिनिधि

ट्रकको ठक्करबाट थारुको निधन

बाँके/बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट कोहलपुर – १० चटारका ३५ वर्षीय तिर्थराम थारुको मृत्यु भएको छ ।

नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको ना ६ ख ८८९८ नम्बरको ट्रकले गएराति साइकलमा सवार थारुलाई ठक्कर दिएको थियो । ठक्करपछि थारुलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा ट्रकका सहचालक गम्भीर घाइते भएका छन् । उनको कौशल्या मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक भने फरार छन् र उनको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • २४ कार्तिक २०८०, शुक्रबार प्रकाशित

  • Nabintech