घरबारीटोलमा आगलागी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जको घरबारी टोलस्थित सौगात इलेक्ट्रो हबमा आइतबार राती आगलागी भएको छ ।

दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएपनि ठुलो क्षती भएको बताईएको छ।

लक्ष्मी पूजाको दीयोले हो कि बिद्युत सर्ट भएर पनि आगलागी भएको बारे एकिन भएको छैन ।

आइतबारनै बाँकेको खजुराको एक हार्डवेयर पसलमा आलागी भएको छ । खजुरा ५ धनौली नजिकैको उक्त पसलमा आज आगलागी भएको हो ।

विष्णु वर्माले सञ्चालन गर्दैआएको धनौलीको बर्मा हार्डवेयरमा आगलागी भएको धनौली प्रहरीले जनाएको छ ।

आगलागीबाट पसलमा रहेको पेन्ट, सिमेन्ट तथा निर्माण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

  • २६ कार्तिक २०८०, आईतवार प्रकाशित

  • Nabintech