भुकम्प प्रभाबितलाई बासले दियो राहत

असल शासन प्रतिनिधि

जाजरकोट / कार्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रबिन्दु बनाएर गएको बिनासकारी भुकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा बास नेपालले राहत बितरण गरेको छ ।

पहिलो चरणमा पाँच सय बल्याँकेट र सय त्रिपाल बितरण गरिसकेको बास नेपालले शनिबार दोश्रो चरणको राहत बितरण गरेको छ ।

भेरी नगरपालिकाका मेयर चन्द्र प्रसाद घर्ती र जाजरकोटका प्रमुख जिल्ला अधिकारी शुरेस सुनारको समन्वयमा भेरी नगरपालिका २ रिसाङमा राहत बितरण गरिएको छ ।

प्रभावित ब्यक्ति तथा परिवारलाई बितरण गर्ने उद्धेश्यले बास नेपाल, क्लिन अप नेपाल, मोरिङ्गा फर लभ, दिदी बहिनी समाज बाँके, रक्षक सेक्युरिटीज, अप्टिमिस्ट क्लब नेपालगन्ज र नमस्ते आधुनिक लघुकथा मञ्चको सहकार्यमा राहत बितरण गरिएको हो ।

रिसाङका एक सय पन्ध्र घरपरिवारलाई राहत स्वरुप त्रिपाल,  पिफम, कम्बल र चटाई प्रदान गरिएको थियो । बास नेपाल जिल्ला शाखाको समन्वयमा भेला भएका स्थानिय ब्यक्तिहरुलाई बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, जनसम्पर्क अधिकृत माधब कार्की, बास नेपाल जाजरकोट शाखा अध्यक्ष बिनोद आरसि, कर्णाली प्रदेश समिती सदस्य शारदा पुन र मोरिङ्गा फर लभका हेमन्त राज काफलेले राहत प्रदान गरेका थिए ।

त्यसैगरी नलगाड नगरपालिकाकी उप-प्रमुख सरिता सिँहको निधन भएको घर अवलोकनको लागि सदरमुकाम स्थित माथिल्लो थाप्लेमा गएको टोलीले सोही स्थानमा रहेकी भुकम्पबाट प्रभावित दुधे बालककी आमा कल्पना केसीलाई राहत बितरण गरेका थियो ।

त्यसैगरी भेरी नगरपालिका १ रावतगाँउका सात घर परिवारलाई त्रिपाल, कम्बल र गुन्द्री बितरण गरिएको थियो ।

त्यसैगरी बास नेपालले रुकुम पश्चिम आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीलाई राहत सामाग्री उपलव्ध गराईएको थियो ।

आठबिसकोट उद्योग बाणिज्य संघका अध्यक्ष दिनेश चन्द, बास नेपाल रुकुम पश्चिम्माका अध्यक्ष करन बिकको संयोजनमा सो सहयोग उपलब्ध गराईएको थियो । चौतिस घरधुरीलाई उपलब्ध गराईएको राहत मृतकका परिवारलाई उपलब्ध गराईनेछ ।

  • २६ कार्तिक २०८०, आईतवार प्रकाशित

  • Nabintech