कोहलपुरमा हतियार प्रहार, घाईते लखनउ रिफर

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको कोहलपुरमा मध्यराती धारिलो हतियार प्रहारबाट एकजना गम्भिर घाइते भएका छन् ।

कोहलपुर स्थित चप्परगौडीका २८ वर्षिय कृष्ण भनिने मिन बहादुर विकमाथि बिहीबार बिहान साढे तीन धारिलो हतियार प्रहार गरिएको हो ।

धारिलो हतियार प्रहारबाट गम्भिर घाइते भएका विकलाई नेपालगन्ज मेडिकल कलेज लगिएकोमा उपचार सम्भव नभएपछि लखनउ रिफर गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

  • ३० कार्तिक २०८०, बिहीबार प्रकाशित

  • Nabintech