फरार भाग्न खोज्दा प्रहरीले चलायो गोलि

असल शासन प्रतिनिधि

फरार भाग्न खोज्दा प्रहरीले चलायो गोलि

नेपालगन्ज/ बाँकेमा एक जना फरार ब्यक्तीलाई पक्राउ गर्ने क्रममा  बाँके प्रहरीले गोली चलाएको छ ।

ज्यान मार्ने कसुरमा संलग्न बैजनाथ गाउँपालिकाका ३१ बर्षिय आकाश रानालाई पक्राउ गर्दा गोलि चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर राना घाइते भएका छन् ।

प्रहरीको खोजी सुचीमा रहेका आकाशलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले बताए ।

गत कार्तिक ३० गते बिहान कोहलपुर स्थित चप्परगौडीमा स्थानीय मीन बहादुर बिकलाई आकाश राना सहितका युवाहरूले धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरीको भनाई रहेको छ ।

 

  • १ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech