भुकम्पबाट निधन भएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भूकम्पपीडित सहजीकरण समूह नेपालगन्जले जाजरकोट तथा रुकुम पश्चिम्ममा गत कात्तिक १७ गते गएको विनाशकारी भुकम्पबाट निधन भएकाहरुको १३ औं दिनको पुण्यतिथिमा दीप प्रज्वलन तथा श्रद्धाञ्जलि कार्यक्रम गरेको छ ।

भूकम्पमा परेर मृत्यु भएकाहरुको १३ औं दिनको सम्झनामा सहजीकरण समूहले नेपालगन्जको वीपी चोकमा दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरेको हो ।

सो कार्यक्रममा राष्ट्रिय सभाका सदस्य भैरवसुन्दर श्रेष्ठ तथा सङ्घीय सांसद दीपा शर्माले श्रद्धाञ्जली मन्तब्य ब्यक्त गर्दै नेपालका लागि यो घट्ना निकै दुःखदायी रहेको बताइन् । बाँचेका पीडितलाई राहत र घरहरु पुनर्निर्माणमा तीव्रता ल्याउनुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा भूकम्पबाट प्रभावित क्षेत्रको कुशेगाउँ पालिकाका उपाध्यक्ष देविका सिंह, गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय सदस्य तथा बासका कार्यकारी निर्देशक नमस्कार शाह, गायक सुनिलसिंह ठकुरीले श्रद्धाञ्जलि मन्तब्य ब्यक्त गरे ।

कार्यक्रममा प्राध्यापक डा. जनार्दन आचार्य, शिक्षाविद् किरण आचार्य, ओमजङ्ग शाह, धर्मजङ्ग शाह, पूर्व डिएसपिद्वय गणेश विक्रम शाह र श्यामजङ्ग शाह, आशा शाह, अर्जुनजङ्ग शाह, मीन मल्ल, हेमन्तराज काफ्लेलगायतको उपस्थिति थियो ।

छिमेकी देश भारतबाट स्थानीयस्तरमा सङ्कलन गरी पठाइएको १० ट्रक राहत सामग्रीलाई बाँके जिल्लाको ब्यवस्थापनमा जाजरकोट र रुकुमपश्चिमतर्फ पठाइएको सहजीकरण समूहका संयोजक कृष्णजङ्ग शाहले जानकारी गराए । कार्यक्रम तेज बिक्रम शाहले सञ्चालन गरेका थिए ।

  • १ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech