शाह राप्रपा नेपालको सहायक महामन्त्री पदमा मनोनित

असल शासन प्रतिनिधि

नेपालगन्ज/ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले बाँकेका तेज बिक्रम शाहलाई सहायक महामन्त्री पदमा मनोनित गरेको छ ।

तीन दशक बढी देखि राप्रपामा सक्रिय शाहलाई राप्रपा नेपालले पार्टीको बिधान बमोजिम सो जिम्मेवारी प्रदान गरेको हो ।

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रेषित पत्रमा लेखिएको छ- राप्रपा नेपालको बिधान बमोजिम तपाईंलाई पार्टीको सहायक महामन्त्री पदमा मनोनित गरिएको व्यहोरा सहर्ष जानकारी गराउँदछु । पार्टीको  सिद्धान्त र नीति प्रती प्रतिबद्ध भई पार्टीको बृहत्तर हितमा कार्यगर्नुहुनेछ भन्ने बिश्वास लिएको छु ।

राप्रपाको विभिन्न पदमा रहेका शाहले केही महिना अघि विभिन्न असहमति जाहेर गर्दै पार्टी परित्याग गरेका थिए । पार्टी परित्याग गरि स्वतन्त्र रहेका शाह मातृभुमी नेपाल नामक अभियानबाट नेपालगन्जमा भत्काईएको राजा बीरेन्द्रको शालिक पुनर्निर्माणको अभियानमा सक्रिय छन् । सामाजिक अभियन्ता समेत रहेका शाह केही दिन अघि मात्र राप्रपामा प्रवेश गरेका थिए ।

  • १ मंसिर २०८०, शुक्रबार प्रकाशित

  • Nabintech