श्रमदान गर्दै वडा अध्यक्ष

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बैझनाथ गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दिनेश कुमार थारु आफनै वडा कार्यालयको नब निर्मित भवनमा श्रमदान गर्दै गरिरहेको भेटीएका छन् ।

गत कार्तिक बाट एक करोड पाँच लाख लागतमा बैझनाथ गाउँपालिकाको वडा नम्बर ७ पेडारीमा निर्माण हुदै गरेको नव निर्मित भवनमा आईतवार वडा अध्यक्षले श्रमदान गरेका हुन । वडा कार्यालयको उक्त एक तले भवन एन एन कन्ट्रक्सनले निर्माण गरिरहेको छ ।

आईतवार सार्बजनिक बिदा भएकोले अन्यत्र बरालिनु भन्दा आफ्नै वडा कार्यालयको भवन निर्माणमा खटिएका कामदार हरु सँगै काममा सघाउँनु उपयुक्त लागेर उनीहरु सँघै कममा लागेको अध्यक्ष थारुले बताए ।

वडा अध्यक्ष जस्तो मान्छे श्रमदान गर्न कसरी पुग्नु भयो भन्ने असल शासन प्रतिनिधिको प्रश्नमा अध्यक्ष थारु भन्छन् “आफु पहिलै देखी काम गर्न कञ्जुस्याई गर्दैनथे त्यसैले आज सार्बजनिक बिदा पनि छ निर्मानार्थ भवन निरिक्षण पनि हुने काममा पनि सघाउन पाईने भनेर त्यँहा गएको हुँ । ”

  • ३ मंसिर २०८०, आईतवार प्रकाशित

  • Nabintech