महिला दिवस जस्तै पुरुष दिवस मनाईयो

असल शासन प्रतिनिधि

नेपालगञ्ज / बास नेपालले आईतवार पुरुष हिंसा बिरुद्धका बिभिन्न नारा अंकित प्ले कार्ड बोकेर अन्तरराष्ट्रिय पुरुष दिवस मनाएको छ । जसमा समाजमा महिलाहरु जस्तै पुरुषहरु पनि हिंसामा छन् भन्ने शन्देश दिईएको थियो ।

सकारात्मक रोलमोडलको सम्मान गरौं, पुरुष हिंसा बिरुद्ध जनचेतना फैलाउँ,लिङ्गको आधारमा असमान ब्यवहार नगरौं,जिरो मेल सुसाईट,पुरुष र केटाकेटीलाई मानसिक स्वास्थ्य सम्बन्धी समस्या बुझ्न र सामना गर्न सहयोग गरौं लगायतका नारा अकिंत प्लेकार्ड बोकेर नोभेम्बर १९ को अवसरमा आज आईतवार उक्त दिवस मनाएको हो ।

सन् १९६० को दशकदेखि पुरुष दिवस मनाउन थालिएको नोभेम्बर १९ मा महिला दिवसजस्तै विश्वमा पुरुष दिवस मनाउने गरिएको र सोही क्रममा बास नेपालले ३० जना सहभागीहरुको उपस्थितिमा पुरुष दिवस मनाएको बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बताए । कार्यक्रममा बोल्दै शाहले अझैपनि समाजमा पुरुषलाई रुन र महिलालाई हाँस्न दिएको छैन त्यसैले यहाँ पुरुष पनि हिँसामा भेटीन्छन तर उनीहरु आफ्ना समस्या बाहिर ल्याउन सकिरहेका हुदैनन् सोही बिभेदलाई अन्त्य गर्न यो दिवस मनाईएको बताए । साथै उनी थप्छन् “पुरुषले आफूलाई कमजोर देखाएमा समाजमा इज्जत जाने त्रासका कारण पनि पुरुषहरु पीडा लुकाउने गर्छन् ।”

हरेक वर्ष १९ नोभेम्बरमा मनाउने पुरुष दिवसको आसय प्रत्येक वर्ष फरक राखेर मनाईने र यो बर्ष पुरुष दिवसको मुख्य आसय ‘वयस्क पुरुष र केटाहरूलाई फरक देखाउनु’ रहेको छ । विश्वभरी नै पुरुषको वर्चश्व कायम रहेतापनि पुरुष पनि पीडित हुन्छन्, पुरुषका पनि समस्या छन्, त्यसैले यी झमेला र पीडातर्फ सबैको ध्यान केन्द्रित होष भन्ने उद्धेश्यले पुरुष दिवस मनाउन थालिएको हो ।

एक तथ्यांक अनुसार विश्वमा ७६ प्रतिशत पुरुषले आत्महत्या गर्ने गरेका, ८२ प्रतिशत घरबारबिहीन भएको भेटीएको र ४० प्रतिशत पुरुष घरेलु हिंसाबाट पनि पीडित भएको भेटिएको छ । त्यसैले महिला हिंसाकाजस्तै पुरुषका समस्या उजागर गर्नका लागि महिला दिवस सँगै विश्वमा पुरुष दिवस पनि मनाउन सुरु गरिएको हो ।

  • ३ मंसिर २०८०, आईतवार प्रकाशित

  • Nabintech